PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

भारतीय राजदूतको बिदाइ भोजमा प्रधानमन्त्रीसहितका शीर्ष नेता, दूतावासमै पुगेर रात्रिभोजमा सहभागी



पहिलोपोस्ट

भारतीय राजदूतको बिदाइ भोजमा प्रधानमन्त्रीसहितका शीर्ष नेता, दूतावासमै पुगेर रात्रिभोजमा सहभागी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु भारतीय राजदूत विनयमोहन क्वात्राको विदाइको रात्रिभोजमा सहभागी भएका छन्। दूतावासले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा, सत्ता गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन्।

नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ पनि रात्रिभोजमा पुगेका छन्। सामान्यतयाः विदाइ हुने राजदूतले शीर्ष नेताहरुलाई भेट गर्ने प्रचलन भए पनि प्रधानमन्त्रीसहितका नेताहरु दूतावासको रात्रिभोजमा सहभागी भएका हुन्।

राजदूत क्वात्रा भारतको विदेश मन्त्रालयको सचिव नियुक्त भइसकेका छन्। नयाँ जिम्मेवारी सम्हाल्न उनी भारत जानुअघि बिदाइ भोज राखिएको हो।

नेपालस्थित दूतावासको जिम्मेवारीबारे नयाँ दिल्लीले अहिलेसम्म कुनै औपचारिक जानकारी गराइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell