PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फिलिपिन्समा आँधी : मृतकको सं‌ख्या ५० नाघ्यो



पहिलोपोस्ट

फिलिपिन्समा आँधी : मृतकको सं‌ख्या ५० नाघ्यो
Photo : Reuters

फिलिपिन्समा बाढी पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्‍यु भएको छ। मेघी आँधीका कारण आएको बाढी पहिरोमा हालसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

आइतवार सुरु भएको आँधीबाट प्रभावित क्षेत्रमा अहिले उद्धारकार्य जारी छ। मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। आँधीका कारण बेबे शहर धेरै प्रभावित भएको छ। यस्तै, डाभाओ, मिनडानो लगायतका क्षेत्रमा पनि आँधीको प्रभाव परेको छ। यी क्षेत्रहरुका करिब ८० प्रतिशत घरहमा क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell