PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

तिलोत्तमाको प्रमुख पदमा एमालेबाट चारजनाको नाम सिफारिस, उपप्रमुखमा पाँचजनाको दाबी



पहिलोपोस्ट

तिलोत्तमाको प्रमुख पदमा एमालेबाट चारजनाको नाम सिफारिस, उपप्रमुखमा पाँचजनाको दाबी

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदका लागि एमालेबाट चारजनाको नाम सिफारिस भएको छ।

एमाले तिलोत्तमा नगर कमिटीको बैठकले प्रमुख पदका लागि बहालवाला प्रमुख बासुदेव घिमिरे, मोहन चापागार्इं, यज्ञ गैर र दिनेश फुल्लेलको नाम सिफारिस भएको एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए।

त्यस्तै उपप्रमुख पदका लागि पाँच जनाको नाम सिफारिस भएको छ। जसमा बहालवाला उपप्रमुख जागेश्वरदेवी चौधरी, रेनुका खरेल, देवी वाग्ले, जमुना लम्साल र संगीता गुरूङ रहेका छन्। सिफारिस गरिएका नाम मध्येबाट जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले अन्तीम टुंगो लगाउने छ।

२०७४ को निर्वाचनमा एमाले प्रमुख उपप्रमुखसहित १७ वडा मध्ये १३ वडामा विजयी भएको थियो भने ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

तिलोत्तमा एमालेका नेता घनश्याम भुसाल र गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो। यहाँ एमाले आफ्नो विरासत जोगाउने मेयरको खोजीमा छ भने गृहमन्त्री खाण आफ्नो नगरमा कसरी जित निकाल्न सकिन्छ भनेर रणनीति बनाउँदैछन्। गएको निर्वाचनमा विजयी भएका घिमिरेले २१ हजार ८६८ मत ल्याउँदा नेपाली कांग्रेसका रामकृष्ण खाणले १९ हजार ९४ मत ल्याएका थिए।

गठबन्धन हुँदा पनि एमालेले जित हासिल गरेकाले आफ्नो शाख जोगाउने रणनीतिमा एमाले देखिन्छ। तिलोत्तमा ८५ हजार ७४७ मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell