PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एमालेको चुनाव चिह्नमा कमल थापाको पार्टीले स्थानीय तह निर्वाचनमा लड्ने, के के भयो सहमति ?



पहिलोपोस्ट

एमालेको चुनाव चिह्नमा कमल थापाको पार्टीले स्थानीय तह निर्वाचनमा लड्ने, के के भयो सहमति ?

काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गर्न सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै दलले तालमेलको निर्णय गरेका हुन्।

राप्रपा नेपालका उम्मेदवारले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। सम्भव भएसम्मका ठाउँमा तालमेल गर्ने सहमति पत्रमा उल्लेख छ।

सहमति अनुसार तालमेलका लागि जिल्ला कमिटीहरुले छलफल गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्रले निर्णय गरिने भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष रहेका थापा महाधिवेशनमा पराजयपछि पार्टी परित्याग गरेर राप्रपा नेपालको नेतृत्वमा पुगेका हुन्।

एमालेले राप्रपासँग पनि तालमेलका लागि संवाद गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणाबिच तालमेलका लागि केही दिन अघि नेपालगंजमा वार्ता भएको थियो। तर, चुनावी तालमेल भने राप्रपा नेपालसँग मात्रै भएको छ।

सत्ता गठबन्धनले मंगलवार तालमेलको मोडालिटी बनाएकै भोलिपल्ट एमालेले पनि चुनावी तालमेलको सहमति गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell