PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सिद्धार्थनगर नगरपालिका प्रमुखमा एमालेबाट आठ जनाको नाम सिफारिस



पहिलोपोस्ट

सिद्धार्थनगर नगरपालिका प्रमुखमा एमालेबाट आठ जनाको नाम सिफारिस

काठमाडौं : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा आठ जनाको नाम सिफारिस गरिएको छ।

नगर सचिव नारायणप्रसाद भण्डारीका अनुसार प्रमुखमा हालका मेयर हरिप्रसाद अधिकारी, भरत पोखरेल, हितराज पन्थी, नारायणप्रसाद भण्डारी, डा.रामप्रसाद बस्याल, जीवलाल अर्याल, राजेन्द्र पन्थी र अर्जुन गिरीको नाम सिफारिस गरिएको छ।

त्यस्तै, उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरिएको छ। जसमा उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनाल रहेका छन्। अधिकारी र काफ्ले एमाले जिल्ला सदस्य हुन्। खनाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell