PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

चुनावमा नेपाल परिवार दललाई एमालेको चुनाव चिन्ह



पहिलोपोस्ट

चुनावमा नेपाल परिवार दललाई एमालेको चुनाव चिन्ह

काठमाडौं : नेकपा (एमाले) र नेपाल परिवार दलबिच पनि चुनावी तालमेलको सहमति भएको छ। दुवै दलले पाँच बुँदे सहमति गरेका हुन्।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पनि एमालेले तालमेलको सहमति गरेको थियो।

परिवार दलका उम्मेद्वारले एमालेको चुनाव चिन्ह लिएर आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्ला तहमा छलफल गरेर केन्द्रमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने पनि उक्त सहमतिमा उल्लेख छ।

सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी सार्वजनिक गरेकै भोलिपल्ट एमालेले पनि चुनावी तालमेलबारे सार्वजनिक गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell