PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ओखलढुंगामा जिप दुर्घटना : दुई प्रहरीको मृत्यु, प्रहरी निरीक्षकसहित तीन प्रहरी घाइते



पहिलोपोस्ट

ओखलढुंगामा जिप दुर्घटना : दुई प्रहरीको मृत्यु, प्रहरी निरीक्षकसहित तीन प्रहरी घाइते

ओखलढुंगा : जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ।

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए।

अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ। दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नम्बर १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell