PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

झापामा कोरोना संक्रमितको संख्या शून्य



पहिलोपोस्ट

झापामा कोरोना संक्रमितको संख्या शून्य

झापा : झापा जिल्लामा कोडिभ-१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एक जना पनि संक्रमित देखिएका छैनन्। कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच/छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए।

‘शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ,’ उनले भने।

सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उनले बताए। उनले जिल्लाका अस्पताल तथा होमआइसोलेसनमा समेत कोही नरहेको जानकारी दिए।

झापामा कोभिड-१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन्। जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेका छन्। उनले हाल जिल्लाका सबै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन भइरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell