PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रतिबन्धित भारतीय रुपैयाँसहित भारतीय नागरिक विमानस्थलबाट समातिए



पहिलोपोस्ट

प्रतिबन्धित भारतीय रुपैयाँसहित भारतीय नागरिक विमानस्थलबाट समातिए

काठमाडौं : प्रतिबन्धित भारतीय रूपैयाँसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

५ सय दरको २ सय १७ थान गरी जम्मा १ लाख ८ हजार ५ सय रूपैयाँ सहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलवार दिउँसो पक्राउ गरेको हो।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell