PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

बुकिङ खुलेको ५ मिनेटमै टिकट 'सोल्डआउट' : 'केजीएफ २' ले पायो बिहानदेखि मध्यरातसम्मको शो



पहिलोपोस्ट

बुकिङ खुलेको ५ मिनेटमै टिकट 'सोल्डआउट' : 'केजीएफ २' ले पायो बिहानदेखि मध्यरातसम्मको शो

यश अभिनित दक्षिण भारतीय फिल्म 'केजीएफ-च्याप्टर २' को नेपालमा निकै राम्रो क्रेज देखिन्छ। रिलिज अघि नै यस फिल्मका टिकटहरू सोल्डआउट भइसकेका छन्। नेपालका हलहरूले 'केजीएफ २' लाई बिहान ३ बजेदेखि मध्यरातिसम्मको शो उपलब्ध गराएका छन्।

देशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्सले यस फिल्मलाई बिहान ६ बजेदेखि राति १०:४५ सम्मको शो दिएको छ। दर्शकहरूको माग बढी आएका कारण 'केजीएफ २' लाई बिहानदेखि मध्यरातसम्मको शो थपेको बताउँछिन् क्युएफएक्स प्रणाली विभाग प्रमुख रानु विष्ट। यसअघि पनि 'बाहुबली', 'सुर्यवंशी' र 'आरआरआर' पनि बिहानदेखि रातिसम्मको शो राखिएको समेत उनले बताइन्।

'फिल्म 'केजीएफ २' मा दर्शकहरूको निकै क्रेज छ। यो फिल्म हेर्न दर्शकको डिमाण्ड बुझेर हामीले बिहान ६ बजे र राति १०:४५ सम्मका शो राखेका हौँ। बिहान र रातिको शोमा दर्शकहरू निकै राम्रो छन्। बुकिङ खुलेको पाँच मिनेटमै टिकट सोल्डआउड हुनु आफैँमा रेकर्ड हो। अरू फिल्मको भन्दा यो फिल्मको शोको डिमाण्ड निकै बढी छ' उनले भनिन्।

बिग मुभिज, एफ क्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्युज सिनेमाज लगायतका हलमा पनि यस फिल्मले बिहानदेखि रातिसम्मका शो पाएको छ।

केजीएफले धेरै शो पाउँदा अनमोल केसी र सुहाना केसी अभिनित फिल्म 'ए मेरो हजुर ४' भने मारमा परेको छ। दुवै फिल्म वैशाख १ गते रिलिज हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell