PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आजबाट २०७९ साल सुरु : नयाँ वर्षको पहिलो सूर्योदयको दृश्य

आजबाट २०७९ साल सुरु : नयाँ वर्षको पहिलो सूर्योदयको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वि सं २०७८ विदा भएको छ। आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ। देशभर शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइँदैछ।

वर्षको पहिलो दिन बिहानैदेखि मानिसहरु मन्दिर गएर पूजा गरिरहेका छन्। नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ। नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।

काठमाडौंको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बागद्वारर (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्का जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर आज मेला लाग्ने गर्छ।

राजधानीको सितापाइलाबाट देखिएको २०७९ सालको पहिलो सूयोदयको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell