PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि गाडी चढ्ने बितिकै २० रुपैयाँ भाडा



पहिलोपोस्ट

काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि गाडी चढ्ने बितिकै २० रुपैयाँ भाडा

काठमाडौंः काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागु भएको छ।

पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १० देखि १५ प्रतिशतले बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको थियो।  श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो। वृद्धि भएको भाडा नयाँ वर्ष अर्थात आजबाट लागू गरिएको छ।

आजबाट सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ। काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किमिभन्दा बढीका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार ५ किमिमा २० रुपैयाँ हुनेछ भने २० किमिभन्दा बढीको दूरीमा भाडा ३८ रुपैयाँ भाडा पुगेको छ।

सुरुमा ट्याक्सी चढ्दा (फ्ल्याग डाउन) ५० रुपैयाँ कायम गरिएको छ। यसैगरी वाग्मती सरकारले ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ। प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकेको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ।

रात्रिकालीन ट्याक्सीको भाडादर प्रति २ सय मिटर १३ रुपैयाँ तोकिएको छ। मालवाहक सवारीको भाडा १३ प्रतिशतले बढाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell