PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

२०७८ साललाई फर्केर हेर्दा : वाग्मती प्रदेशको राजधानीमा पर्‍यो केन्द्रीय राजनीतिको असर



निशा गुरुङ

२०७८ साललाई फर्केर हेर्दा : वाग्मती प्रदेशको राजधानीमा पर्‍यो केन्द्रीय राजनीतिको असर

हेटौंडा : विक्रम संवत् २०७८ विदा भइसकेको छ।  आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ। वाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै स्वागत गरिँदैछ। यहाँका मठमन्दिरमा बिहानै देखि भक्तजनहरुको घुइँचो लागेको छ। सार्वजनिक विदा भएकाले परिवार र साथीभाइसँगै नयाँ वर्ष मनाउन घुम्ने हिँडने पनि धेरै छन्।

नयाँ वर्षको सुरुवातमा देश स्थानीय तह निर्वाचनमा होमिँदैछ। मकवानपुरलाई पनि चुनाव लागिसकेको छ। दलहरु स्थानीय तह निर्वाचनको तयारीमा जुटेसकेका छन्। २०७८ साल केन्द्रको राजनीति जति चर्चामा रह्यो, मकवानपुरको राजनीतिमा पनि ‘ट्वीस्ट एन्ड टर्न’हरु आए।

२०७८ लाई फर्केर हेर्दा सालमा मकवानपुरम परिवर्तन भएका छन् ।

एकै वर्षमा तीन मुख्यमन्त्री

देश संघीयतामा गएयता वाग्मती प्रदेशमा २९ जना मन्त्री बने। प्रदेश सरकार गठन भएको सुरुवातदेखि हालसम्म प्रदेशमा २९ जना मन्त्रि बनिसके। केन्द्रको राजनीति प्रदेशमा हावी हुँदा २०७८ सालमामात्रै प्रदेशमा दुईपटक सरकार फेरियो। ४ वर्षको अवधिमा प्रदेशमा ३ जना मुख्यमन्त्री पाउँदा मन्त्री बन्नेको लिस्ट बढ्यो।

नेकपा एमालेलाई फुटबाट जोगाउने भन्दै भदौ २ गते मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए। उनको ठाउँमा नेकपा एमालेकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको पदभार ग्रहण गरिन्। शाक्य पहिला माधव नेपाल पक्षमा भए पनि अन्तिममा उनले नेपालको साथ छाडेर एमालेमै फर्किइन्। माधवकुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरे। जसको प्रभाव प्रदेशमा नि पर्‍यो। पार्टी विभाजनमा १३ सांसदले अर्को दल रोजेपछि अल्पमतमा परेकी शाक्य ७२ दिनमा नै सरकारबाट बाहिरिइन्। कात्तिक १० गते नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने।

अहिले प्रदेशमा गठबन्धन सरकार छ। एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्दा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समथ पाण्डे सरकारलाई छ। तर, आसन्न स्थानीय तह निर्वाचनमा कसरी गठबन्धन बनाएर अघि बन्ने भन्ने विषयमा प्रदेशमा पनि सहमति हुन सकेको छैन। केन्द्रले बैशाख ४ गतेसम्म स्थानीय संयन्त्रलाई तालमेल गर्नेबारेमा निर्णय गर्न भने पनि मकवानपुरका स्थानीय तहमा तालमेलबारे सहमति हुन सकेको छैन।

थापाको विराम, बानियाँको उदय

२०७८ सालमा कमल थापाको राजनीतिक यात्रामा ठुलो अवरोध देखा पर्‍यो। मकवानपुरलाई केन्द्रमा राखेर राजनीति थालेका उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भए। अन्तत: उनले राप्रपा परित्याग गरे। त्यसको केही दिनमा नै उनी राप्रपा नेपाल प्रवेश गरे र अध्यक्ष बने। मकवानपुरबाट पटक पटक निर्वाचनमा पराजित भए पनि उनले राप्रपाको कमान्ड सम्हालिरहेका थिए। अहिले भने मकवानपुरमा उनको अवस्था बिग्रदो छ।

मकवानपुरमा थापाको अवस्था बिग्रिँदै गर्दा २०७८ सालमै नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ भने बलिया बने।  उनी वाग्मती प्रदेशको कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। प्रदेशको सभापतिमा निर्वाचित उनलाई प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा समेत हेरिँदैछ।

घटना / दुर्घटना

मकवानपुर  जिल्लामा २०७८ सालमा मात्रै ७७४ अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ज्यानमारा उद्योग, कुटपिटबाट अंगभंग, मानवबेचविखन तथा ओसारपसार, नागरिकता सम्बन्धि मुद्दा, लागुऔषध, ठगी, बलात्कारजस्ता अपराधका घटना जिल्लामा धेरै घटे। ती अपराधमा संलग्नह अधिकांशहरुलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।

यसैगरी मकवानपुर जिल्लामा २०७८  सालमा बाढिपहिरोबाट दुई जनाको मुत्यु भयो। मकवानपुर जिल्लाका विभिन्न ठाउँहरुमा बाढिपहिरो जाँदा धेरै क्षति समेत भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवापुरका अनुसार २०७८ सालमा बाढिपहिरोबाट ११ जना घाइते भएका थिए।

यस्तै, मकवानपुर जिल्लामा २०७८ सालमा मात्रै ४६ जनाको सवारी दुर्घनामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पुरुष ४३ जना छन् भने महिला ३ जना छन्। एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट मात्रै १३७ जना गम्भीर घाइने भएका छन्। जसमा पुरुष १०८ जना, महिला १९ जना, बालक ७ जना र बालिका ३ जना रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २ ८९ जना सवारी दुर्घटनामा सामान्य घाइते भएको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell