PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सशस्त्र प्रहरीको एआइजी बढुवाको लागि तीन दिने सूचना



पहिलोपोस्ट

सशस्त्र प्रहरीको एआइजी बढुवाको लागि तीन दिने सूचना

काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुनको लागि सूचना प्रकाशित गरेको छ।

सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको निर्णय अनुसार तीन दिने सूचना प्रकाशित गरेको हुन्।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी पुष्पराम केसीलाई आइजीमा बढुवा गरेपछि सशस्त्र प्रहरीमा एआइजीमा एक सिट रिक्त रहेको छ। रिक्त सिट पूरा गर्न सूचना जारी गरिएको हो।

अहिले सशस्त्रमा एआइजीको लागि डिआइजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम प्रतिस्पर्धामा छन्। डिआइजी अर्याल वरियता अनुसार एक नम्बरमा रहेका छन्। अहिले एआइजीमा बढुवा भएका व्यक्ति नै वैशाख १८ गतेपछि सशस्त्र प्रहरीको आइजी हुने छन्।

प्रहरी महानिरीक्षक केसी वैशाख १८ गते ३० वर्षे सेवा अवधिको कारण अवकाश पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell