PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

रणवीर र आलियाको 'पवित्र यात्रा' : आज मुम्बईको आलिशान बंगलामा हुँदैछ विवाह



पहिलोपोस्ट

रणवीर र आलियाको 'पवित्र यात्रा' : आज मुम्बईको आलिशान बंगलामा हुँदैछ विवाह
Photo: GETTY IMAGES/BBC

बलिउड ‘स्टार-कपल’ रणवीर कपुर र आलिया भट्ट आज विवाह बन्धनमा बाँधिदै छन्। रणवीर र आलियाको विवाहलाई भारतीय फिल्म उद्योगकै सबैभन्दा बहुप्रतिक्षित मानिएको छ।

आजको विवाह समारोहमा धेरै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन्। उनीहरुको विवाह भारतीय सञ्चारमाध्यमका हेडलाइनमा छाएको छ। यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ भने सामाजिक सञ्जाल उनीहरुलाई दिइएको शुभकामनाले भरिएको छ।

विवाहबारे अभिनेत्री समेत रहेकी रणवीरकी आमा नीतु सिंहले बुधवार पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। विवाह रणवीरको घरमा हुने बताइएको छ। उनीहरुको विवाद मुम्बईको एक आकर्षक र सम्पन्न बंगलामा हुँदैछ।

रणवीर र आलियाले पहिलो पटक सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ पनि यसै वर्ष सिनेमाघरमा रिलिज हुँदैछ। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहबारे मिडियामा पहिलै जानकारी भने सार्वजनिक गरिएको थिएन। 

बलिउड सुपरस्टार अमिताभ बच्चनले इन्स्टाग्राममा उनीहरूलाई शुभकामना दिएका छन्।

 

यी जोडीका नजिकका साथी र ‘ब्रह्मास्त्र’का निर्देशक समेत रहेका फिल्म निर्माता आयान मुखर्जीले ‘उनीहरूले सुरु गर्न लागेका पवित्र यात्रा’ को शुभकामना दिए।

फिल्म निर्माता करण जोहरले पनि ट्वीटरमा यो जोडीलाई शुभकामना दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell