PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

'के सूर्य चिह्न बिक्री हुने चिह्न हो ?'



पहिलोपोस्ट

'के सूर्य चिह्न बिक्री हुने चिह्न हो ?'

काठमाडौं : नेकपा एमालेले सत्तारुढ गठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गर्नका लागि सत्ता बाहिर भएका दलहरुसँग सहकार्य गर्न थालेको छ। बुधवार एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चुनावमा सहकार्य गर्ने सहमति गरे।

एमालेले चुनावमा सहकार्य गर्ने दलहरुलाई आफ्नो चुनाव चिह्न सूर्य दिएको छ। नेपाल परिवार दललाई पनि एमालेले सूर्य चिह्न दिएको छ। अरु दलहरुको तुलनामा जनमत कमजोर भएका यी दुई दलसँग एमालेले औपचारिक रुपमा सहमति गरेको हो। 

विचार नमिल्ने दलहरुलाई पार्टीको चुनाव चिह्न दिएको भन्दै एमालेभित्र र बाहिर प्रश्न उठिरहेको छ। सिद्धान्त नै नमिल्ने दलहरुसँग सत्ताको लागि गठबन्धन गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीको आलोचना भइरहेकोमा एमालेले पनि विचार नै नमिल्ने दलसँग सहकार्य गरेपछि प्रश्न उठेको हो।

नेकपा एमालेका नेता भीम रावलले सूर्य चुनाव चिह्न अन्य दललाई दिएको भन्दै आलोचना गरेका छन्। उनले चुनाव चिन्ह बाँड्दै हिँडनु दलीय प्रणालिविरुद्ध भएको तर्क गरेका छन्। 

'विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र,' रावलले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell