PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

फिल्म ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०७९ को अवसरमा पोस्टर सार्वजनिक गरिएको हो।

यस फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ। साथै, फिल्ममा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुरस्थित थारुवासमा गरिएको हो। ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन्। ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुसालको भनाइ छ।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गरेका हुन्। यो फिल्म नेपालभन्दा पहिले बेलायत र अस्ट्रेलियामा रिलिज हुने जनाइएको छ। नेपालमा पनि छिट्टै प्रदर्शन गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell