PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बिस्काको पाँचौँ दिन : भक्तपुरमा बल्ल ठडियो य:सिं, आजै ढालिने



पहिलोपोस्ट

बिस्काको पाँचौँ दिन : भक्तपुरमा बल्ल ठडियो य:सिं, आजै ढालिने
Photo : Bhadagaun television/ screenshot

काठमाडौं : भक्तपुरको भेलुखेलमा य:सिं (स्थानीय भाषामा ल्योसिंद्यो) ठड्याइएको छ। बिस्का जात्राको पाँचौ दिन आज दिउँसो य:सिं ठड्‍याइएको हो। चौथो दिन भक्तपुरमा हात नभएको य:सिं ठड्याउने गरिए पनि बुधवार य:सिं ठडिएको थिएन। 

२०७८ सालको अन्तिम दिन मध्यरातसम्म युवाहरुले य:सिं उठाउने प्रयास गरे पनि सफल हुन सकेनन्। जसकारण मध्यरातमा जतिसम्म य:सिं ठडियो त्यति नै छाडिएको थियो। 

आज ठड्याइएको य:सिं आज राति नै ढालिनेछ। 

गत साल पनि वर्षको अन्तिम दिन य:सिं ठड्याउने प्रयास असफल भएपछि भोलिपल्ट नयाँ वर्षमा य:सिं ठड्याइएको थियो।

सम्बन्धित समाचार : उपत्यकामा गुञ्जिदै रणजीत मल्लका गीत : राजनीतिक विजयउत्सवका रुपमा ठड्याइँदै य:सिं

य:सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ।

यसीं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याइ एकाआपसमा जुधाइन्छ। जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन  ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ। यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ  आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ। जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ। यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell