PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

बेलायतमा कोरोनाविरुद्धको नयाँ भ्याक्सिनले पायो प्रयोगका लागि अनुमति



पहिलोपोस्ट

बेलायतमा कोरोनाविरुद्धको नयाँ भ्याक्सिनले पायो प्रयोगका लागि अनुमति
Photo : Getty Images

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको छ। भलनेभाले उत्पादन गरेको उक्त भ्याक्सिन आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण भएको बीबीसीले उल्लेख गरेको छ। पोलियो र फ्लू भ्याक्सिन निर्माण प्रविधिबाट यो नयाँ भ्याक्सिन उत्पादन भएको हो।

यो भ्याक्सिनमा इन्एक्टिभेटेड कोभिड १९को ‘होल कपी’ छ। भ्याक्सिनले शरीरले भाइरसविरुद्ध लड्न शक्ति प्रदान गर्ने दाबी गरिएको छ।

हाल यो भ्याक्सिन १८ देखि ५० वर्षको उमेर समूहका व्यक्तिलाई दिइने बताइएको छ। यो भ्याक्सिनको पहिलो डोज लगाएका व्यक्तिले २८ दिनपछि दोस्रो डोज लगाउनुपर्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell