PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि ६५ संस्थाले दर्ता गराए सूची, २० हजार बढी पर्यवेक्षक परिचालन हुने



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि ६५ संस्थाले दर्ता गराए सूची, २० हजार बढी पर्यवेक्षक परिचालन हुने

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि ६५ वटा संस्थाले आवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयवेक्षणका लागि संस्था दर्ताका लागि चैत १३ गते आवेदन खुलाएको थियो। 

आयोगमा ६५ संस्थाले २० हजार बढी प्रयवेक्षक खटिने गरी प्रस्ताव दर्ता गराएका हुन्।

जसमध्ये ११ हजार ६९४ जना पुरुष, ८ हजार ४८२ जना महिला र २९१ जना अन्य गरी २० हजार ४६७ जना निर्वाचन पर्यवेक्षणका लागि परिचालन गर्ने गरी आवेदन दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले दर्ता भएका संस्थाहरुको अनुगमन गरी आवश्यक निर्णय लिने उनले बताए।

त्यस्तै आयोगले ३९ जिल्लाका ७० लाख ३३ हजार थान मतपत्र छपाइ भइसकेको जनाएको छ। हाल दैनिक ८ लाख मतपत्र छपाइ भइरहेको छ। मतपत्र जनक शिक्षा सामाग्री केन्द्रमा छपाइ भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell