PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर



पहिलोपोस्ट

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर
तस्विर : आलिया भट्ट/इन्सटाग्राम

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज मुम्बईमा परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गरेका हुन्।

भारतीय मिडियामा दुवैको सम्बन्ध र विवाहलाई लिएर धेरै गसिप भए पनि दुवैजनाले साधारण तरिकाले आज विवाह गरेका हुन्। अरु स्टारको विवाह समारोह झै पहिला नै मिडिया वा उनीहरुका शुभचिन्तकहरुलाई विवाह हुनेबारेमा जानकारी दिइएको थिएन। बुधवारमात्रै उनीहरुको विवाह हुने सार्वजनिक गरिएको थियो। स्थानीय मिडियाले दुवैको विवाहलाई बलिउडकै 'लो प्रोफाइल' विवाहको संज्ञा दिएका छन्।

आलियाले आफ्नो इन्टाग्राम अकाउन्टबाट विवाहका तस्विरहरु सेयर गरेकी छिन्। अहिले सामाजिक संजालमा उनीहरुको तस्विरको चर्चा भइरहेको छ।

विवाह समारोहपछि आलिया र रणवीर पहिलोपटक मिडिया सामु उपस्थित समेत भए। विवाहस्थल बाहिर आएर उनीहरुले सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

रणवीर र आलियाले पहिलो पटक सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ पनि यसै वर्ष सिनेमाघरमा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell