
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बइस्थित डा डीवाई पाटिल स्टोर्टस एकेडेमीको मैदानमा सम्पन्न खेलमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ८ चौका र ४ छक्काको सहायतामा सर्वाधिक अविजित ८७ रन बनाउँदा अविनब मनोदरले ४३ र डेभिड मिलरले ३१ रन बनाए। त्यसअघि ओपनर द्वय म्याथ्यु वेडे र शुभमन गिलले क्रमश १२ र १३ रन बनाएका थिए।
बलिङतर्फ राजस्थानका कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १५५ रनमा समेटियो।
राजस्थानका लागि ओपनर जोस बटलरले सर्वाधिक ५४ रन बनाउँदा शिमरन हिटमायरले २९ रन बनाए। त्यस्तै रियान परागले १८ रन बनाउँदा जेम्स निशमले १७ रन बनाए।
राजस्थानलाई लक्ष्यसम्म पुग्न नदिन यस डायल र लोकी फर्ग्युसनले समान ३ विकेट लिँदा मोहम्मद शमी र हार्दिक पाण्ड्याले समान १ विकेट लिए।
जितसँगै पाँच खेलबाट ८ अंक जोडेको गुजरात अंकतालिकाको शीर्षस्थानमा छ। त्यसपछि समान ६ अंक जोडेका कोलकत्ता नाइट राइडर्स, राजस्थान रोयल्स, पञ्जाब किंग्स, लखनउ सुपर जाइन्ट र रोयल च्यालेन्जर्स बेङ्ग्लोर तालिकाको दोस्रो देखि छैटौं स्थानसम्म छन्। सातौं र आठौं स्थानमा समान ४ अंक जोडेका दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद छन् भने नवौं स्थानमा २ अंक जोडेको चेन्नइ सुपर किंग्स र पुछारमा अंकविहीन मुम्बई इण्डियन्स रहेको छ।