PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम



पहिलोपोस्ट

राष्ट्रिय लोकदोहोरी महोत्सवमा गण्डकी दोहोरी साँझ प्रथम

काठमाडौं : चैत २६ गतेदेखि सुरु भएको 'राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८' सम्पन्न भएको छ। हिजो काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझ विजेता घोषित भएको छ।

त्यसैगरी, दोस्रो स्थानमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ भएको छ। सारोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझ तेश्रो भए।

प्रथम हुने टोलीले ५ लाख, दोस्रो हुनेले ४ लाख र तेस्रो हुनेले ३ लाख पुरस्कार पाए। प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुशासित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो।

डीएआर मुभिज एण्ड फिल्म्स् इण्डष्ट्रिजले आयोजना गरेको महोत्सवमा लोक संगीत क्षेत्रका चर्चित कलाकारहरुले समेत सांगीतिक प्रस्तुति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell