
काठमाडौं : नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। महानगरको प्रमुख पदका लागि कार्यसमितिले सात जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा बहालवाला महानगर प्रमुख चिरिबाबु महर्जन र उप्रप्रमुख गीता सत्याल छन्। यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम पनि महानगर कार्यसमितिले सिफारिस गरेको छ।
उपप्रमुख सत्यालले नगर कार्यसमितिबाट सिफारिस भएको जानकारी दिँदै यसपटक प्रमुख पदमा आफ्नो पनि दाबी रहने बताइन्।
‘यो क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा जान्छ। मेरो पनि दाबी रहन्छ। तर पार्टीको निर्णयमा मेरो सहमति रहन्छ’ उनले भनिन्।