PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

अमेरिकी माझ राष्ट्रपति बाइडेनको लोकप्रियता घट्दो



पहिलोपोस्ट

अमेरिकी माझ राष्ट्रपति बाइडेनको लोकप्रियता घट्दो
Photo: AP

अमेरिकी राष्ट्रपति जो बाइडेनको 'सर्वस्वीकार्यता' खस्किँदै गएको छ। अमेरिकी जनताबीच अमेरिकाको एक युनिभर्सिटीले गरेको सर्वेक्षणमा एक तिहाई अमेरिकीले मात्र बाइडेनले राम्रो गरिरहेको बताएको न्यूयोर्क पोस्टले जनाएको छ। 

त्यस्तै ५४ प्रतिशतले बाइडेनको कामलाई अस्वीकार गरेको सर्वेक्षणले देखाएको छ। जसमध्ये ४३ प्रतिशतले उनको कामलाई कडा रुपमा अस्वीकार गरेका छन्। 

सर्वेक्षणमा सहभागी मध्ये १८ प्रतिशतले मात्र ४६ औं राष्ट्रपतिको कामलाई राम्रो भनेका छन्। त्यसमध्ये १३ प्रतिशतले आफूलाई थाहा नभएको वा जवाफ दिन अस्वीकार गरेको उल्लेख छ। 

त्यस्तै बाइडेनलाई दर्ता भएका मध्ये ३५ प्रतिशत मतदाताले मात्र स्वीकार गरेको सर्वेक्षणले देखाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell