PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

काठमाडौंमा थप दुई सिनेमाहलहरु संचालनमा आए



पहिलोपोस्ट

काठमाडौंमा थप दुई सिनेमाहलहरु संचालनमा आए

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र थप दुई सिनेमाहलहरू संचालनमा आएका छन्। नयाँ वर्षको अवसर पारेर दरबारमार्गमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाजको नयाँ हलहरू संचालनमा आएका हुन्।

गुण ग्रुपद्वारा निर्माण गरिएको दरबार मलस्थित 'दरबार सिनेम्याक्स' सिनेमा हल क्युएफएक्सको व्यवस्थापनमा संचालनमा आएको हो। दुईवटा हलमा १०३ सिट क्षमता रहेको छ। हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खानासहित को सेवा उपलब्ध रहेको प्रवन्ध निर्देशक दिप्रस शाक्यले जानकारी दिए।

त्यसैगरि, कालिमाटी ट्रेड सेन्टरमा पनि वान सिनेमाजले नयाँ हल संचालनमा ल्याएको छ। नयाँ बानेश्वरमा हल संचालन गरेको वान सिनेमाजले  नै कालिमाटीमा हल सुरू गरेको हो। नयाँ हलको दुई अडिटोरियममा ३०० क्षमताको सिट क्षमता रहेको छ। हलमा थ्रीडी र डल्बी अटमस ध्वनी प्रणाली जडान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell