PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

संक्रमित शून्य भएपछि राप्ती अस्पतालको कोरोना शय्यामा सामान्य बिरामीको उपचार हुँदै



रासस

संक्रमित शून्य भएपछि राप्ती अस्पतालको कोरोना शय्यामा सामान्य बिरामीको उपचार हुँदै
फाइल फोटो।

तुलसीपुर : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य भएको छ।

अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, ‘एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ। अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ।’

अहिले सामान्य बिरामीलाई कोरोना अस्पतालमा राखेर उपचार गर्ने गरिएको उनले बताए। कुनै समय भरिभराउ भएर शय्या पाउन हानथाप नै हुने भन्दै उनले अहिले शून्य भएको बताए।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ। यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो। असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो।

अस्पताल ६० शय्याको छ। यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन्। कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ।

‘कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ’, उनले भन, ‘नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell