PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

वीर अस्पतालमा मन्त्री रेग्मीको उपचार हुँदै



पहिलोपोस्ट

वीर अस्पतालमा मन्त्री रेग्मीको उपचार हुँदै

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो।

सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर उनलाई चोट लागेको बताइएको छ। टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्याधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन्। उनको टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन्।

वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ। जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell