PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

एमसीसी पास भएपछि नेपाललाई अमेरिकी उपहार : झण्डै ८० अर्ब दियो अनुदान



पहिलोपोस्ट

एमसीसी पास भएपछि नेपाललाई अमेरिकी उपहार : झण्डै ८० अर्ब दियो अनुदान

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएपछि अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग ह्वात्तै बढाएको छ। निकै विवादपछि एमसीसी प्रक्रिया अघि बढेपछि अमेरिकाले नेपाललाई दिँदै आएको अनुदान बढाएको हो।

मन्त्रिपरिषद्‍को गत बुधबारको बैठकले अनुदान स्वीकृत गर्ने निर्णय समेत गरिसकेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को ६५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान स्वीकार गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

यस्तै, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकन डलर (१८ अर्ब) सहुलियत ऋण पनि सरकारले स्वीकार गरेको छ। दुवै गरेर सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको हो।

विदेशी विनिमय सञ्चितिमा परेको चापबिच आएको अनुदान रकमले सरकारलाई सहज पुग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell