PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

गृहमन्त्री र सिके राउतबिच छलफल : जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक



पहिलोपोस्ट

गृहमन्त्री र सिके राउतबिच छलफल : जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी बताएका छन्। गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबिच भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमति बमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका हुन्।

उनले जनमत पार्टी मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा भाग लिने लिनु स्वागतयोग्य भएको समेत बताए। साथै, सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिएका थिए।

भेटमा जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरुले यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग राखेका थिए। उनले आफूहरुले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell