PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छैन : राजेन्द्र लिङ्देन



पहिलोपोस्ट

निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको बताएका छन्। आज चितवनमा आयोजित एक कार्यक्रममा उनले औपचारिकरुपमा गठबन्धनको कुरा कुनै पार्टीसँग नचलाएको बताएका हुन्।

‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन,’ उनले भने।

राप्रपा र नेकपा एमालेबिच चुनावी गठबन्धन हुन सक्ने भन्दै खबरहरु बाहिरिएका थिए। तर, केही दिन अघिमात्रै राप्रपा परित्याग गरेका कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेसँग गठबन्धन गरेपछि एमाले र राप्रपाबिच हुने भनिएको गठबन्धनको भविष्यमाथि प्रश्न उठेको थियो।

 त्यही कुरालाई लक्षित गर्दै लिङ्देनले निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने बताए।  भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो। हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell