PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

काठमाडौं महानगरले भन्यो :  फोहोरको वर्गीकरण गर्नु, नत्र पाँच सय जरिवाना



पहिलोपोस्ट

काठमाडौं महानगरले भन्यो :  फोहोरको वर्गीकरण गर्नु, नत्र पाँच सय जरिवाना

काठमाडौं : काठमाडौँ महानगरपालिकाले नगरवासीलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेको छ। फोहोर वर्गीकरण नगरी फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने महानगरले जनाइएको छ। 

महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्न आग्रह गरिएको बताइन्। महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय हुने बताइएको छ।

पछिल्लो समय महानगरलगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको छ। नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा नियमित रुपमा फोहोर उठ्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell