PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियाका कागजात



पहिलोपोस्ट

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियाका कागजात

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रक्रियाका कागजात माग गरेको छ।

संवैधानिक इजलासले डा पूण्यप्रसाद खतिवडाको रिटमा सुनुवाइ गर्दै महाभियोगसम्बन्धि कागजात संघीय संसद् सचिवालयसँग माग गरेको हो।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग संविधानसम्मत नभएको मागसहित खतिवडाले फागुन ११ गते रिट दर्ता गरेका थिए। प्रधानन्यायाधीशविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरमा महाभियोग दर्ता भएको थियो।

महाभियोग प्रस्ताव संसद्मा पेश भएपनि छलफलको प्रक्रिया भने अघि बढेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell