PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

राप्रपा नेपालसँगको तालमेलले हेटौँडामा बलियो बन्दै एमाले, सत्ता गठबन्धनलाई यसकारण छ कठिन



निशा गुरुङ

राप्रपा नेपालसँगको तालमेलले हेटौँडामा बलियो बन्दै एमाले, सत्ता गठबन्धनलाई यसकारण छ कठिन

हेटौँडाः आसन्न स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अहिले तीव्रता साथ लागेका छन्। केन्द्रमा सत्ता साझेदारी गरिरहेका पाँच दलले गठबन्धन गरेका छन्। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पनि राप्रपा नेपालसँग तालमेलको निर्णय गरेको छ।

दलहरु अहिले उम्मेदवार छान्न समेत केन्द्रित छन्। तर आकांक्षी धेरै हुँदा टिकट व्यवस्थापनमा समस्या परेको छ।

मकवापुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ ५ दलीय गठबन्धनसँग एमालेले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।

अघिल्लो निर्वाचनमा मकवानपुरमा राप्रपाले सबैजसो पालिकामा उम्मेदवारी दिएको थियो। हेटौँडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्‍ला पनि हो।

थापा नेतृत्वकै राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्ने भएपछि हेटौँडा उपमहानगरमा गठबन्धनलाई कठिन हुने देखिन्छ।

थापाले नयाँ पार्टी गठन गरेपछि उनका गृह जिल्लाका राप्रपाका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत राप्रपा नेपालमै प्रवेश गरेका थिए। सिंगो जिल्ला कार्यसमिति राप्रपा नेपालमा विलय हुने निर्णय गरेको थियो।

२०७४ मा राप्रपाले उपमहानगर प्रमुखमा मधुकरप्रसाद अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपानेलाई उम्मेदवार बनाएको थियो। अधिकारीले ६ हजार ८५७ मत प्राप्त गरेका थिए भने न्यौपानेले ७ हजार ७०२ मत पाएर तेस्रो भएकी थिइन्।

अन्य जिल्ला थापा नेतृत्वको राप्रपा नेपाल कमजोर भए पनि गृह जिल्लामा भने तुलानात्मक रुपमा बलियो छ।

०७४ को निर्वाचनमा उपमहानगरको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो। निर्वाचनमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेद्वारले जित हासिल गरेका थिए।

हाल एमाले विभाजित भएको अवस्थामा एकीकृत समाजवादीले समेत भोट काट्नेछ। तर राप्रपा नेपालसँगको तालमेलले भने एमाले पुनः बलियो अवस्थामा फर्किएको विश्लेषण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell