PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते



पहिलोपोस्ट

पाल्पामा बस दुर्घटना, चालकसहित ५ बालक गम्भीर घाइते
प्रतीकात्मक तस्विर

बुटवलः पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ धारापानीमा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालकसहित ५ जना बालक गम्भीर घाइते भएका हुन्।

शुक्रबार साँझ रैनादेवी ६ पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते हुनेहरुमा रैनादेवी ६ धारापानीका बस चालक बेदबहादुर जिसी, सोही ठाउँका ७ वर्षीय राहित घर्ती, ८ वर्षीय मिलन बगाले, ९ वर्षीय रोमन घर्ती, ९ वर्षीय खिमबहादुर घर्ती र १० वर्षीय आकाश रासकोटी रहेका छन्।

बस सडकबाट ४ सय मिटर तल खसेको छ। घाइते सबैलाई उपचारका लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell