PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोलकत्तामाथि हैदराबादको सानदार जित



पहिलोपोस्ट

कोलकत्तामाथि हैदराबादको सानदार जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा हैदराबादले कोलकत्तामाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। कोलकत्ताका लागि नितिश रानाले सर्वाधिक ५४ रन बनाउँदा आन्द्रे रसेलले अविजित ४९ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐय्यरले २८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ हैदराबादका टी नटराजनले सर्वाधिक ३ विकेट लिँदा उमरन मलिकले २ तथा भुवनेश्वर कुमार, मार्को जनसेन र जगदीश सुचितले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रन बनाउँदा एडन मार्क्रमले अविजित ६८ रन बनाए। त्यसअघि कप्तान केन विलियमसनले १७ तथा अविशेक शर्माले ३ रन बनाएका थिए।

बलिङतर्फ कोलकत्ताका आन्द्रे रसेलले २ तथा प्याट कमिङ्सले १ विकेट लिएका थिए।

जितसँगै ५ खेलबाट ६ अंक जोडेको हैदराबाद अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। समान ६ अंक जोडेको कोलकत्ता तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell