PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

युनाइटेडको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे। खेलको ७ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका रोनाल्डोले दोस्रो गोल ३२ औं मिनेटमा र तेस्रो गोल ७६ औं मिनेटमा गरे। नर्विचका लागि पहिलो हाफको इन्ज्युरी समयमा किइरन डोवेल र ५२ औं मिनेटमा टीमु पुक्किले गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन।

जितसँगै ३२ खेलबाट ५४ अंक जोडेको युनाइडेड अंकतालिकाको शीर्ष पाँचमा उक्लिएको छ। ३२ खेलबाट २१ अंक जोडेको नर्विच सिटीभने तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell