PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

दिल्लीमाथि बेङ्ग्लोरको रोमाञ्चक जित



पहिलोपोस्ट

दिल्लीमाथि बेङ्ग्लोरको रोमाञ्चक जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बइ स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले १६ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि दिनेश कार्तिकले सर्वाधिक अविजित ६६ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५५ रन बनाए। त्यस्तै, शहबाज अहमेदले अविजित ३२ रन बनाउँदा बिराट कोहली १२ रन बनाएर रनआउट हुन पुगे। दिल्लीका सार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि आक्रामक सुरुवात दिलाएका डेभिड वार्नरले ६६ रन बनाउँदा कप्तान ऋषभ पन्तले ३४ रन बनाए। त्यस्तै सार्दुल ठाकुरले १७, पृथ्बी शले १६ तथा मिचेल मार्सले १४ रन बनाए पनि दिल्लीले लक्ष्य पछ्याउन सकेन।

बलिङतर्फ बेङ्ग्लोरका जोस हेजलवुडले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद सिराजले २ तथा वानिन्दु सिल्भाले १ विकेट लिए।

जितसँगै ६ खेलबाट ८ अंक जोडेको बेङ्ग्लोर तालिकाको शीर्ष तीनमा उक्लिएको छ। समान ८ अंक जोडेका गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट पहिलो र दोस्रो स्थानमा छन्। पाँच खेलबाट ४ अंक जोडेको दिल्ली भने तालिकाको ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell