PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पाकिस्तानी प्रधानमन्त्रीको रंगीन जीवन : विवाह पाँच जनासँग, क्रान्तिकारी दुर्रानी बन्दै 'फस्ट लेडी'



विधुर ढकाल

पाकिस्तानी प्रधानमन्त्रीको रंगीन जीवन : विवाह पाँच जनासँग, क्रान्तिकारी दुर्रानी बन्दै 'फस्ट लेडी'
फोटो : dailypakistan.com.pk

पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफ पाकिस्तानको राजनीतिकसँगसँगै व्यवसायीक घरनाका हुन्। उनको परिवारको नाममा इत्तेफाक समूह र सरिफ समूह गरी दुई वटा व्यसायिक समूह छन्। इत्तेफाक समूह उनका पिता मियान मुहम्मद सरिफीले स्थापना गरेका हुन्। यो समूहले स्वास्थ्य क्षेत्रका साथै स्टिल उत्पादनमा काम गर्छ। त्यस्तै सरिफ समूहले कृषि उत्पादनको क्षेत्रका उद्योगको सञ्चालन गर्छ।

पञ्जावको मुख्यमन्त्रीको रुपमा तीन पटक त्यहाँको सत्तामा रहेका उनी पहिलो पटक प्रधानमन्त्री बनेका छन्। उनका दाजु नवाज सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भई हालसम्म सबैभन्दा धेरै समयसम्म प्रधानमन्त्री बन्ने व्यक्ति हुन्। पाकिस्तानका यसअघिका कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको पूरा कार्यालयकाल शासन गर्न पाएका छैनन्। शेहवाजले पनि त्यो मौका पाउने छैनन्। पाकिस्तानको राष्ट्रिय सभाको पाँच वर्ष कार्यकाल आगामी वर्ष सकिँदै छ।

उनी प्रधानमन्त्री भएसँगै पाकिस्तानको 'फस्ट लेडी' को? भन्ने चर्चा चल्न थालेको छ। प्रधानमन्त्री शरिफका श्रीमती कति छन्? भन्ने विवाद पनि पाकिस्तानमा चल्ने गरेको छ। शेहवाजले सन् १९७३ मा पहिलोपटक नुसरत शेहवाजसँग विवाह गरेका थिए। उनीहरु दुई बाट चार सन्तान छन् - शलमान, हाम्जा, र जुम्लिहा छोरीहरु जभेरिया र राबिया। हाम्जा पञ्जाब प्रान्तको विपक्षी दलका नेता हुन्।

त्यस्तै शेहवाजले दोस्रो विवाह तेहमिना दुर्रानीसँग २००३ मा विवाह गरेका छन्। दुर्रानी शेहवाजकी दोस्रो श्रीमती हुन् वा चौथो भन्ने विवाद पनि छ।

केही मिडियाहरुले शेहवाजकी दोस्रो श्रीमतीको रुपमा आलिया हनी भएको उल्लेख गरेका छन्।

उनी पाकिस्तानकी मोडल पनि हुन्। १९९३ मा उनीहरुले विवाह गरेका थिए। उनीहरुको विवाहभित्र रोचक प्रेम प्रसंग पनि उल्लेख गरिन्छ। लाहोरको 'हनी ब्रिज' शेहवाज मुख्यमन्त्री हुँदा बनाइएको र श्रीमतीको नाममा नामाकरण गरिएको बताइन्छ। उनीहरुको डिभोर्स सरिफ परिवार साउदी अरेबियामा निर्वासित हुँदा भएको मानिन्छ। हनीको मृत्यु त्यसको केही महिनापछि भएको हो।

शेहवाजले सन् १९९३ मै नोलिफार खोसासँग तेस्रो विवाह गरेका थिए। उनी त्यहाँको संघीय अनुसन्धान एजेन्सीका डीजी तारिख खोसा र न्यायाधीश आसिफ शइद खोसाकी बहिनी हुन्। उनीहोको विवाह सम्बन्ध पनि लामो समयसम्म टिकेन र डिभोर्स भयो।

शेहवाजको चौथो श्रीमती हुन् तेहमिना दुर्रानी। तेस्तै पाँचौ विवाहको रुपमा उनले ६० वर्षको उमेरमा कालसुम हाइसँग गरेको बताइन्। उनीहरुको यो विवाहलाई गुपचुपमै डिभोर्ससम्म पुर्‍याइएको थियो। हायले पनि शेहवाजसँगको विवाहलाई अस्वीकार गर्दै आएकी छन्। उनी पञ्जाबका एक प्रहरी अधिकारीकी श्रीमतीसमेत हुन्।

यो विवाहले सरिफ परिवार विवादमा तानिएको थियो।

अहिले शेहवाज पाकिस्तानको प्रधानमन्त्री हुँदा 'फस्ट लेडी'को रुपमा चौथो श्रीमती दुर्रानीले निर्वाह गर्ने छन्।

को हुन फस्ट लेडी दुर्रानी?

प्रधानमन्त्री शेहवाजकी श्रीमती तेहमिना दुर्रानी पाकिस्तानकी चर्चित लेखिका हुन्। उनी कलाकारका साथै महिला तथा बालबालिका अधिकारवादी अभियन्तासमेत हुन्। उनको पहिलो पुस्तक 'माइ फ्युडल लर्ड' पाकिस्तानको बेस्ट सेलिङ बुकमा पर्छ। उनको पुस्तक पुरातनवादी समाज रहेको पाकिस्तानमा विवादास्पदसमेत बनेको थियो।

शेहवाज सरिफसँग दुर्रानीको तेस्रो विवाह हो। उनको पहिलो विवाह अनिम खानसँग भएको थियो। दोस्रो विवाह मुस्तफा खरसँग भएको थियो। यी दुई विवाह डिभोर्समा टुंगिएपछि सन् २००३ मा दुर्रानीले शेहवाजसँग विवाह गरेकी थिइन्।

मुस्तफा खर पाकिस्तानको पञ्जाब प्रान्तका पूर्व मुख्यमन्त्री हुन्। बेनेजिर भुट्टोको पार्टी पीपीपी उनी सन् १९७३ देखि १९७४ सम्म पञ्जाबको मुख्यमन्त्री बनेका थिए। त्यसअघि उनी १९७१ देखि १९७३ सम्म पञ्जावको गभर्नर थिए। गभर्नर पद छाडेर मुख्यमन्त्री बनेका थिए। उनी सन् २०१२ देखि २०१७ सम्म पाकिस्तान मुस्लिम लिग (एफ)मा आवद्ध भए। सन् २०१७ देखि हालसम्म उनी इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)मा छन्।

दुर्रानीको १९९१ मा प्रकाशित पुस्तक 'माइ फ्युडल लर्ड'मा पूर्व मुख्यमन्त्री खर विरुद्ध दुर्व्यवहार तथा यौन हिंसाको आरोप लगाइएको छ।

उनको पुस्तककै कारण उनको घर र माइतीलेसमेत उनी र उनका पाँच सन्तानलाई अस्वीकार गरेको थियो। दोस्रो श्रीमान खरलाई छाडेसँगै उनले पाकिस्तान सरकारविरुद्ध १९९३ मा भ्रष्टाचारविरुद्ध भोक हड्ताल गरेकी थिइन्। 

उनको भोक हड्ताल तोडाउन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री मोइन कुरेसी अस्पताल पुगेका थिए।

उनले पाकिस्तानमा एसिड आक्रमणबाट पीडित महिलाको पक्षमासमेत आवाज उठान गरेकी थिइन्। सन् २००१ मा पूर्वपति खरका छोरा विलाल खरकी श्रीमती फाखरा युनुसमाथि भएको एसिड आक्रमणपछि दुर्रानीले उनको उपचार गराएकी थिइन्। सांसदसमेत रहेका विवालले एसिड आक्रमण गरेका कारण उनको उपचारका क्रममा एक दशकमा ३९ वटा शल्यक्रिया भएको थियो।

उनको उपचार रोममा भएको थियो। सुरुमा उनलाई देश छाड्न दिइएको थिएन्। चर्को जनदबाव पछि उनलाई उपचारका लागि इटाली जान दिइएको थियो। उनले रोममै एउटा भवनको छैठौँ तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। उनको शव दुर्रानीले पाकिस्तान ल्याएर इटली र पाकिस्तानको झण्डा ओडाएको थियो।  

प्रथम महिला दुर्रानीले 'ए मिरर टु दी ब्लाइन्ड', 'ब्लासफेमी', 'ह्याप्पी थिङ्स इन सरो टाइम' लगातका पुस्तक प्रकाशित छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell