PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

गठबन्धनलाई भागबन्डा गर्न अझै समय लाग्ने : भोलि महानगर र उपमहानगरको टुंग्याउने 'डेडलाइन'



पहिलोपोस्ट

गठबन्धनलाई भागबन्डा गर्न अझै समय लाग्ने : भोलि महानगर र उपमहानगरको टुंग्याउने 'डेडलाइन'

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तहमा भागबन्डा गर्न अझै समय लगाउने भएको छ। चैत अन्तिमसम्म उम्मेदवारको भागबन्डा गरिसक्ने बताएको गठबन्धनले आजसम्म उम्देवारको टुंगो लगाएर पठाउन स्थानीय संयन्त्रलाई भनेको थियो। तर, स्थानीय तहले पनि आकांक्षी धेरै हुँदा सिफारिस गर्न सकेका छैनन्। यस्तै, गठबन्धनमा पनि भागबन्डामा सहमति जुट्न सकेको छै। जसकारण वैशाख पहिलो हप्तासम्म उम्मेदवारी तय गर्ने गृहकार्यमा गठबन्धन जुटेको हो।

आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवार तय गर्ने समय सीमा तोकेको छ। यस्तै सोमवार नै बस्ने राजनीतिक तयारी तथा अनुगमन समितिको बैठकले सिट बाँडफाँटबारे देशभरको रिपोर्टको विश्लेषण गर्ने भएको छ।

'बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरबारे टुंगो लगाउने, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ,' माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भनेको छ।

यस्तै माओवादी केन्द्रका नेता देव गुरुङले तत्काल उम्मेदवारीबारे टुंगो नलाग्ने बताए। उनले देशभरको चुनावी तालमेलको रिपोर्ट आइनसकेको भन्दै मनोनयनको लागि समय लाग्ने बताए। निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि मनोनयनको समय तोकेको छ।

'समय अझै सकिएको छैन। अन्तिम सम्म टुंगो लाग्ला। अहिले सबै ठाउँको कुरा मिल्न बाँकी छ। भोलि बस्ने बैठकमा पनि धेरै कुरा आउला,'गुरुङले भने।

गठबन्धनको बैठकले यसअघिको मत परिणामका आधारमा टिकट बाँडफाँटको निर्णय गर्ने बताएको थियो। तर, दलहरुले आफ्नो बलियो आधार भएको क्षेत्रमा भागबण्डा गर्न नमानेपछि सत्ता गठबन्धनलाई उम्मेदवार तय गर्न सकस परिरहेको छ। महानगर र उपमहानगरबारे केन्द्रबाटै निर्णय गर्ने पनि गठबन्धनले तय गरेको थियो।

धेरैजसो ठाउँमा कांग्रेसका स्थानीय कमिटीहरुले गठबन्धनको विरुद्धमा उभिएपछि प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभातपति शेरबहादुर देउवा अहिले दबाबमा छन्। चितवन, काठमाडौं लगायतमा कांग्रेसका स्थानीय समितिले भागबन्डा गर्न मानिरहेको छैन। ललितपुर महानगरमा कांग्रेसलाई छोड्न गठबन्धनका अरु दल तयार भए पनि चितवनमा माओवादी केन्द्रले अड्डी कसिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell