PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कास्कीका पालिकामा उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै



पहिलोपोस्ट

कास्कीका पालिकामा उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै

पोखरा : स्थानीय तह निर्वाचनका लागि कास्कीको पालिकामा उम्मेदवारहरुको टुंगो लगाउन आज गठबन्धनको बैठक बस्दै छ। पोखरा महानगरपालिका सहित जिल्लाका अन्य पालिकामा उम्मेदवारको टुंगो लगाउन र निर्वाचन रणनीति बनाउन आज दिउँसो ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो।

स्थानीय चुनावको सरगर्मी बढेसँगै गठबन्धनको बैठक नियमित चलिरहेको छ। तर, बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पोखरा महानगरको नेतृत्व  नछाड्ने पक्षमा छ। तर, गठबन्धनमा रहेका अन्य दलले पोखरा महानगरको नेतृत्वमा दाबी गरिरहेका छन्। गठबन्धनको दलको माग देखेर कांग्रेस रुष्ट छ।

आज बस्ने बैठकमा जिल्लाका चारवटा गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै जिल्लाका पाँचै पालिकाका ७२ वटा वडाको उम्मेदवार कुन दलले पाउनेबारे टुंगो लाग्ने गठबन्धन दलका एक नेताले जानकारी दिए।

शनिबार बसेको गठबन्धनको बैठक पालिका र वडाको विभाजन टुंग्याउने गरि बसेको थियो। तर, बैठकमा सबै दलले पोखरा महानगरको नेतृत्वमा दाबी गरेपछि निष्कर्ष निस्किएन।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले पालिका प्रमुखमा भागबन्डा खोजीरहेका छन्। तर, कांग्रेस सबै पालिकाको प्रमुखमा आफ्नो नेतृत्व राखेर उपप्रमुखमा भागबन्डा गर्ने रणनीतिमा छ।

आइतवारको बैठकमा जिल्लाका पालिकामा पार्टीको यसअघिको मतभार र संगठनको अवस्थाबारे गरिएको अध्ययन प्रतिवेदन पेस हुँदैछ। यसअघि नै गठबन्धनले कांग्रेस जिल्ला सचिव भानु ढकाल, माओवादी केन्द्र कास्की संयोजक बखानसिंह तमु र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यलाई पालिकामा गठबन्धनका दलहरुको मतभारबारे अध्ययन गर्ने जिम्मेवारी दिएको थियो।

२०७४ सालको स्थानीय निर्वाचनमा कास्कीमा एमालेको दबदबा थियो। अन्नपूर्ण गाउँपालिकामा बाहेक बाँकी सबै पालिकामा एमालेले नेतृत्व हात पारेको थियो। कांग्रेसले अन्नपूर्ण गाउँपालिकाको प्रमुख र जिल्लाका २४ वटा वडामा मात्र कांग्रेसले जित निकालेको थियो। माओवादीले भने जम्मा तीनवटा वडामा मात्र जित निकालेको थियो। बाँकी सब पालिकामा एमालेकै नेतृत्व छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell