PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

समिट एयरको लुक्ला उडेको जहाज ४३ मिनेटपछि काठमाडौंमा आकस्मिक अवतरण, 'देब्रेपट्टिको इन्जिन फेल'



पहिलोपोस्ट

समिट एयरको लुक्ला उडेको जहाज ४३ मिनेटपछि काठमाडौंमा आकस्मिक अवतरण, 'देब्रेपट्टिको इन्जिन फेल'

काठमाडौंः लुक्लाका लागि उडेको समिट एयरको जहाजले फर्केर काठमाडौंमै आकस्मिक अवतरण गरेको छ।

नाइन एन-एएमपी कलसाइन जहाजको देब्रेपट्टिको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।जहाज आकस्मिक अवतरण गर्ने भनिएपछि विमानस्थल १० मिनेटका लागि बन्द गरिएको थियो। समिटको लेट सिरिजको जहाज १६ जना यात्रु लिएर काठमाडौंबाट आइतबार बिहान ११ः०४ बजे लुक्लाका लागि उडेको थियो।

४३ मिनेटपछि नै (११बजेर ४७ मिनेटमा) काठमाडौं फर्केर आकस्मिक अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

उडानका बेला चालक दलले जहाजमा समस्या आएको थाहा पाएपछि लुक्ला अवतरण नगरी फर्काएर त्रिभुवन विमानस्थलको टावरलाई जानकारी गराएका हुन्।

जहाजमा आएको समस्या जाँचका लागि कम्पनी र नागरिक उड्डयन प्राधिकरणका प्राविधिक विमानस्थलमा पुगेका छन्। समिटको जहाज अवतरण गराउन विमानस्थलमा सतर्कतासँगै केहीबेर उडान-अवतरण रोकिँदा अन्य वायुसेवाको पूर्वनिर्धारित सेडुल प्रभावित भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell