PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

कांग्रेसबाट पोखरा महानगरको प्रमुखका आकांक्षीले २५ हजार बुझाउनुपर्ने : फर्मको ५००, बाँकी सहयोग



पहिलोपोस्ट

कांग्रेसबाट पोखरा महानगरको प्रमुखका आकांक्षीले २५ हजार बुझाउनुपर्ने : फर्मको ५००, बाँकी सहयोग

कास्की : पोखरा महानगरपालिकाको प्रमुख-उपप्रमुखमा कांग्रेसबाट आकांक्षी भएकाले चर्को शूल्क बुझाउनुपर्ने नियम सार्वजनिक भएपछि आलोचना भइरहेको छ। आकांक्षीहरुलाई २५ हजार रुपैयाँसम्म शुल्क तिरेर उम्मेदवारी दर्ता गर्न भनिएको छ।

कांग्रेस महानगर कार्यसमितिले शनिवार नै आकांक्षीहरुलाई निवेदन दिन आह्वान गरेको थियो। आकांक्षीहरुलाई आज दिउँसो ४ बजेसम्मका लागि समय दिइएको छ। प्रमुखमा निवेदन आकांक्षीले २५ हजार र उपप्रमुखमा आकांक्षी राख्नेले २० हजार बुझाउन भनिएको छ। उक्त शुल्क कांग्रेस केन्द्रीय कमिटीले दिएको निर्देशन विपरीत हो।

महानगर कार्यसमितिले भने उम्मेदवारी दिन त्यति रमक नतोकिएको दाबी गरेको छ। समितिले उठाएको रकमलाई व्यवस्थापनका लागि सहयोग बापत उठाउन लागेको कांग्रेस महानगर कमिटीका सचिव गणेशबहादुर थापा बताउँछन्।

उम्मेदवारी शुल्कका लागि जम्मा पाँच सय तोकेको उनको भनाइ छ। बाँकी रकम पार्टीको सहयोगको लागि इच्छा अनुसार सहयोगको रुपमा मागिएको उनले बताए।

'हामीले उम्मेदवार फर्मको पाँच सय मात्र राखेका छौँ, बाँकी त आकांक्षीले दुईलाखसम्म पनि दिन पाउनुभयो दिनैपर्छ भनेर तोकेको होइन,' उनले भने।

यता, कांग्रेसबाट प्रमुख पदमा आकांक्षा राखेका एक नेताले भने आकांक्षीलाई तोकिएको रकमलाई अन्यथा लिन नमिल्ने बताउँछन्।

'व्यवस्थापनको पाटो हेरेर रकम तोकिएको हो। खास फर्मको ५ सय हो तर आकांक्षीलाई पनि तोकिएको छ तर उहाँहरु दिन्न भन्नुहुन्छ भनेनी पाउनुहुन्छ यसलाई अन्यथा नसोचौं,' ती आकांक्षीले भने।

आकांक्षी सबैको नाम नाम लिएर सोमबारसम्म कांग्रेसले केन्द्रमा प्रमुख र उपप्रमुखको लागि नाम सिफारिस गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell