PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

स्याङ्जामा जीप दुर्घटना, एक बालक सहित ५ जनाको मृत्यु ६ जना घाइते



पहिलोपोस्ट

स्याङ्जामा जीप दुर्घटना, एक बालक सहित ५ जनाको मृत्यु ६ जना घाइते

काठमाडौंः स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

आज बिहान वालिङ नगरपालिका -१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङ तर्फ आउँदै गरेको ग.१ ज. ७३९९ नम्बर को जिप दुर्घटना भएको थियो। अचानक सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटना परि स्याङ्जा डाँडाखर्क बस्ने ६५ वर्षीय वीर बहादुर दाला, ४५ वर्षीय हिरा दाला, २५ की शर्मिला सारु, शर्मिला सारुको छोरा  ६/७ महिनाको नाम नखुलेको बालक र ६१ की कुल कुमारी कनौजेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै दुर्घटनामा घाइते भएका ६ जनाको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell