PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

श्रीलंकाका पूर्वक्रिकेटरहरु सरकारको विरोध गर्दै सडकमा, मागे राष्ट्रपतिको राजीनामा



पहिलोपोस्ट

श्रीलंकाका पूर्वक्रिकेटरहरु सरकारको विरोध गर्दै सडकमा, मागे राष्ट्रपतिको राजीनामा
Photo : FNG News

श्रीलंकाका विश्वकप विजेता टोलीका कप्तान अर्जुन रनातुंगा, पूर्व कप्तान सनथ जयसूर्या लगायतका क्रिकेटरहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गर्दै पूर्वक्रिकेटरहरु पनि सडकमा उत्रिएका हुन्।

सन् १९४८ मा स्वतन्त्र भएयताकै श्रीलंका सबैभन्दा खराब आर्थिक संकटमा छ।

'क्रिकेट समर्थकको साथमा हुन्छ,' रनातुंगाले भने, 'हाम्रा फ्यानहरू आज सडकमा छन् किनभने उनीहरूले अब कठिनाइहरू सहन सक्दैनन्। हामी हाम्रा फ्यानहरूसँग हुनैपर्छ जब उनीहरूलाई हाम्रो सबैभन्दा बढी आवश्यकता हुन्छ।'

त्यस्तै श्रीलंकाका पूर्व कप्तान सनद जयसूर्याले राष्ट्रपति भवन अगाडि ब्यारिकेडमा चढ्दै आन्दोलनलाई समर्थन गरेका थिए। जयसूर्य श्रीलंकाली संसदका सदस्य र मन्त्री समेत भइसकेका छन्।

यी दुई स्टार खेलाडी सडकमा उत्रनु अघि नै अन्य क्रिकेटरहरुले आन्दोलनलाई लिएर समर्थन जनाइसकेका थिए।

पूर्व कप्तान महेला जयवर्धनेले सामाजिक सञ्जालमा प्रदर्शनको समर्थन गरेका छन् र राजपाक्षेको बहिर्गमनको माग गरेका छन्। पूर्व कप्तान कुमार संगकाराले थप कडा भनाइ राखेका छन्।

त्यस्तै श्रीलंकाबाट टेस्ट खेलेका र हाल रेफ्री रहेका रोशन महनामाले राजपाक्षेविरोधी आन्दोलनमा समर्थन जनाउँदै हालको अवस्थालाई जिम्बावेको रोबर्ट मुगावेको समयसँग तुलना गरेका थिए।

'केही वर्षअघि जिम्बावे जाँदा मैले त्यहाँ मानिसहरुले आर्थिक संकट ब्यहोरेको देखेको थिएँ,' उनले एएफपीसँग भनेका छन्, 'डिजेल लिनका लागि मेरो ड्राइभरले घण्टौं लाइनमा कुर्नुपर्थ्यो। मलाई लाग्थ्यो यस्तो हाम्रो देशमा कहिल्यै हुनेछैन। तर, हामी अहिले त्यही डुंगामा छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell