PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

तथ्यांकमा स्थानीय तह निर्वाचन: २१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्ने



पहिलोपोस्ट

तथ्यांकमा स्थानीय तह निर्वाचन: २१ हजार ९५५ मतदान केन्द्रमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्ने

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाताले मताधिकार प्राप्त गर्ने छन्।

यस पटकको निर्वाचनमा मतदानको अघिल्लो दिन (वैशाख २९) गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मतदान गर्न पाउने छन्। निर्वाचन आयोगको अध्यावधिक विवरण अनुसार वैशाख २९ गतेसम्म एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता मतदानमा सहभागी हुन पाउने छन्।

जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० जना महिला रहेका छन्। यस निर्वाचनमा १८३ जना अन्य (लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।

कुन प्रदेशमा कति मतदाता ?

स्थानीय तह निर्वाचन प्रयोजनका लागि अध्यावधिक गरिएको मतदाता नामावलीमा सबैभन्दा बढी वाग्मती प्रदेशका मतदाता रहेका छन्। वाग्मतीमा ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन्। वाग्मतीमा पुरुष मतदाता भन्दा महिला मतदाता बढी छन्। यहाँ १७ लाख चार हजार ८९८ जना मतदाता पुरुष भएकोमा १७ लाख ७ हजार ९४२ जना महिला मतदाता छन्। यहाँ २९ जना अन्य समूहका मतदाता रहेका छन्।

त्यस्तै प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन्। जसमध्ये पुरुष १६ लाख ९९ हजार जना ८००, महिला १६ लाख ४७ हजार ५६१ जना र अन्य समूहका २३ जना मतदाता रहेका छन्।

मधेश प्रदेशमा महिला भन्दा साढे दुई लाख बढी पुरुष मतदाता रहेका छन्। मध्ये प्रदेशमा महिला मतदाताको संख्या १५ लाख ३३ हजार १५८ जना छ। पुरुष मतदाताको संख्या १७ लाख ९७ हजार ९४५ जना पुरुष मतदाता छन्। जुन महिला मतदाता भन्दा दुई लाख ६४ हजार ७८७ जना बढी हो। मधेशमा सबैभन्दा बढी अन्य समूहका मतदाता छन्। त्यहाँ ६७ जना लैंगिक अल्पसंख्याको मतदाता नामावलीमा नाम रहेको छ। त्यहाँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३३ लाख ३१ हजार १७० जना मतदाता मतदानका लागि योग्य छन्।

लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ जना मतदाता छन्। जसमध्ये १६ लाख १८ हजार ७३ जना पुरुष र १६ लाख एक हजार ३५३ जना महिला तथा ३२ जना अन्य समूहका मतदाता रहेका छन्।

गण्डकी प्रदेशमा पुरुष भन्दा महिला मतदाताको संख्या ६० हजार ४९६ जना बढी छ। गण्डकी प्रदेशमा ९ लाख २४ हजार ९४८ जना महिला, ८ लाख ६४ हजार ४५२ जना पुरुष र ११ जना अन्य समूहका मतदाता छन्। गण्डकीको कुल मतदातासंख्‍या १७ लाख ८९ हजार ४११ छ।

सुदूर पश्चिम प्रदेशमा महिला मतदाताको संख्या पुरुष भन्दा तीस हजार ८०८ जना बढी छ। त्यहाँ ८ लाख ३१ हजार ४७० जना महिला, ८ लाख ६६२ जना पुरुष र अन्य समूहका १८ सहित कुल १६ लाख ३२ हजार १५० जना मतदाता रहेका छन्।

सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। त्यहाँ पाँच लाख ६ हजार १८० जना पुरुष, चार लाख ९५ हजार ९९ जना महिला र ३ जना अन्य समूहका मतदाता रहेका छन्।

१० हजार ७५६ मतदात स्थलमा २१ हजार ९५५ मतदान केन्द्र

स्थानीय तह निर्वाचनमा १० हजार ७५६ वटा मतदान स्थाल निर्धारण गरिएका छन्। यी मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ।

सबैभन्दा बढी मधेश प्रदेशमा २ हजार १६२ मतदान स्थल निर्धारण भएका छन्। त्यहाँ चार हजार १८९ मतदान केन्द्र हुने छन्। त्यस्तै प्रदेश १ मा १ हजार ८७७ मतदान स्थलमा चार हजार ५१ केन्द्रमा मतदान हुनेछ।

त्यस्तै वाग्मती प्रदेशमा एक हजार ७९ मतदान स्थलमा चार हजार ९५ मतदान केन्द्र रहने आयोगले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा १ हजार २५३ मतदान स्थलमा २ हजार ३०० मतदान केन्द्र मार्फत मतदान हुनेछ। लुम्विनी प्रदेशमा एक हजार ६२९ स्थलमा ३ हजार ८३२ केन्द्रमा मतदान हुनेछ।

कर्णाली प्रदेशमा सबैभन्दा कम ९०७ मतदान स्थल निर्धारण भएका छन्। त्यहाँ १ हजार ३८५ मतदान केन्द्रमा मतदान हुनेछ। सुदूर पश्चिम प्रदेशमा एक हजार १३५ मतदान स्थलका दुई हजार १०३ केन्द्रमा मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell