PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

निलम्बनको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निवेदन दर्ता गर्ने विषयमा अध्ययन हुँदै



पहिलोपोस्ट

निलम्बनको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निवेदन दर्ता गर्ने विषयमा अध्ययन हुँदै

काठमाडौं : आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्।

उनका वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट लगेका छन्। सर्वोच्च प्रशासनका अनुसार साढे २ बजेसम्म दर्ता भइसकेको छैन। दर्ता गर्ने विषयमा सर्वोच्च प्रशासनले निवेदन अध्ययन गरिरहेको बताएको छ।

सरकारले अघिल्लो शुक्रवार अधिकारीमाथि छानबिन गर्नुपर्ने भन्दै निलम्बन गरेको थियो। निलम्बनको १० दिनपछि गभर्नर अधिकारी अदालत पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell