PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

भ्रष्टाचारविरुद्ध कार्टुनिष्टहरुको 'निशाना'

भ्रष्टाचारविरुद्ध कार्टुनिष्टहरुको 'निशाना'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ सुरु भएको छ।

आइतवार सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको उद्घाटन गरेका हुन्।

‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य गरिएको छ।

कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा जारी प्रर्दशनी तीन दिनसम्म चल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell