काठमाडौं : फिल्म ‘२ नम्बरी’को छायांकन सुरु भएको छ। लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको अन्ततः सुटिङ सुरु गरिएको हो।
दिपेन्द्र लामाको निर्देशन रहेको फिल्मको छायांकन कास्कीको ल्वाङ गाउँबाट सुरु भएको हो। फिल्मको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। एक महिनासम्म ल्वाङकै आसपासमा फिल्म खिचिनेछ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनको मुख्य भूमिका छ। फिल्मको सुरुवाती छायांकनमा दया र उगेनले काम गरेका छन्। सौगात र उपासनाले केही दिनमा छायांकन सुरु गर्नेछन्।
यो फिल्मले २ जना साथीको मित्रताको कथालाई देखाउन खोजेको छ। आगामी कात्तिक ४ गते यो फिल्मको प्रदर्शन मिति समेत तय भएको छ।