काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठकमा मेयरको उम्मेदवारको नाम प्रस्ताव गरिएको छ। महानगर कार्यसमितिका सभापति निलकाजी शाक्यको नाम बैठकमा प्रस्ताव भएको कार्यसमितिका सचिव सुसन वैद्यले जानकारी दिए।
‘प्रारम्भिक बैठक सकिएको छ। सभापतिको नाम प्रस्ताव भएको छ तर सिफारिस भइसकेको छैन’ उनले भने।
कांग्रेसबाट महानगर प्रमुखमा उम्मेदवारको आकांक्षीहरु धेरै छन्। कार्यसमिति सचिव वैद्यसहित सिर्जना सिंह, तीर्थराम डंगोल, हरिप्रभा खड्गी, प्रगतिमान रञ्जित लगायतको नाम चर्चामा छ।
यस्तै, सुसन वैद्यले महानगरमा गठबन्धन नगर्ने पक्षमा बैठकमा अधिकांश सदस्यहरुले मत दिएको जानकारी दिए। उनले महानगर प्रमुखमा मात्र नभइ वडामा समेत गठबन्धन नहुने बताए।
‘कुनै पनि हालतमा वडाको प्रमुखमा अरु दललाई दिनुहुन्न भन्ने मत आएको छ’ उनले भने।
सम्बन्धित समाचार : मनोनयन दर्ताका लागि एक हप्ता बाँकी, काठमाडौं महानगरको मेयर बन्ने दौडमा को को छन् ?
